सरकार खिचडी जस्तै छ, बजेट पनि त्यस्तै आयो : पूर्व प्रधानमन्त्री भट्टराई


२०८१ जेठ १५ मंगलबार ०७:५८ बजे

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ बजेट विगतकै निरन्तरताको अर्को रूप भएको टिप्पणी गरेका छन् । अर्थमन्त्री वर्षमान पुनले संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेटमाथि टिप्पणी गर्दै उनले बजेटले उत्पादनमा वृद्धि, लाखौँ रोजगारीको सिर्जना, शिक्षाको गुणस्तरमा वृद्धि गर्न ‘क्रमभङ्ग गर्न नसकेको’ बताएका छन् ।

समग्र अर्थतन्त्रमा संरचनागत सुधार गरी क्रमभङ्ग गर्ने गरी बजेट नआएको बताउँदै भट्टराईले भने, ‘सरसर्ती हेर्दा यो बजेट विगतकै निरन्तरताको नयाँ श्रृंखला मात्र हो ।’ उनले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्ने गरी कार्यक्रम ल्याउन चुकेको बताएका छन् ।

‘समाजवादउन्मुख भनेर मात्र हुँदैन । उत्पादन बढाउने मुख्य उद्देश्य राखिएको छ । तर न्यायपूर्ण वितरणको कुनै योजना छैन ।’ उनले सरकारको संरचनाअनुसार ‘खिचडी’ बजेट आएको टिप्पणी गरे । ‘यो बजेट दक्षिणपन्थी र वामपन्थी मिसिएको पपुलिस्ट कार्यक्रम हो’ उनले भने, ‘सरकार जस्तो खिचडी छ, बजेट पनि त्यस्तै आयो ।’

उनले बजेटका पाँच उद्देश्यलाई पछ्याउन कठिन हुने बताएका छन् । बजेटमा उत्पादन, उत्पादकत्व र रोजगार स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु उल्लेख छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७