के–के छन् बजेटका पाँच उद्देश्य र प्राथमिकता ?


२०८१ जेठ १५ मंगलबार ०७:४१ बजे

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्वजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका हुन् । गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।

अर्थमन्त्री पुनका अनुसार कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री पुनले बजेट सार्वजनिक गर्दै यस बजेटका पाँच उद्देश्य र पाँच प्राथमिकता रहेको बताएका छन् ।

बजेटका पाँच उद्देश्यः

१) उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु ।
२) निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु ।
३) मानव संसाधन विकास गर्नु ।
४) स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु ।
५) सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु ।

बजेटका पाँच प्राथमिकता

१) आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन ।
२) कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण ।
३) शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास ।
४) समावेशिता र सामाजिक सुरक्षा ।
५) सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७