संसदमा प्रतिपक्ष र सत्तापक्ष जुहारी : कांग्रेसद्वारा सभामुख र उपसभामुखमध्ये एकको राजीनामा माग


३० जेष्ठ २०७५, बुधबार
parliament of neapalsamsad

काठमाडौँ, ३० जेठ । सभामुख र उपसभामुखमध्ये एकजनाले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा संसदमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र  सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच जुहारी चलेको छ । सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था अनुसार कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गरेका छन् । parliament of neapalsamsad

उनले नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिङ्ग र दलको हुनुपर्छ भन्ने स्पष्ट प्रावधान रहेको हुँदा त्यसको कार्यान्वयन गर्न माग गरे । ‘ससदीय लोकतन्त्रमा नयाँ दल जन्मने र एकीकरण हुने स्वाभाविक प्रक्रिया हो, नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)बीच एकीकरण भई नेकपा गठन भएकामा बधाई र शुभकामना छ ।’ उनले भने,‘यसकारण उहाँहरु अब एउटै दलबाट प्रतिनिधित्व हुने भएकाले सवैधानिक व्यवस्थाको कार्यन्वयनहोस् ।’

खाँडले सभामुख र वा उपसभामुखमध्ये एकले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिइरहेका बेला नेकपाका नेकपाका सचेतक खगराज अधिकारीले नियमापत्ति गरेका थिए । खाँडले बोलिसकेपछि सभामुखले अधिकारीलाई समय दिए ।

नेकपाका सचेतक खगराज अधिकारीले सभामुख र उपसभामुखले निर्वाचनलगत्तै दल त्याग गरिसकेका अवस्थामा सभामुख र उपसभामुख एउटै दलबाट हुनुहँुदैन भन्ने ढंगले बारम्बार कुरा उठाइनु ठीक नभएको बताए । उनले भने, ‘सभामुख र उपसभामुख अहिले कुनै पनि दलमा आवद्ध हुनुहुन्न । बारम्बार उठाइरहँदा संसदको माखौल उडाउने काम भएको छ । यस्तो कुरा बन्द गरियोस् ।’

अहिले प्रतिनिधीसभाका सभामुख कृष्ण बहादुर महरा तत्कालीन माओवादीबाट र उपसभामुख शिवमाया तुम्बाहम्फे तत्कालिन एमालेबाट निर्वार्चित भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७