प्रचण्ड सरकारले बढाएन वृद्ध भत्ता, बढेन कर्मचारीको तलव पनि


२०८१ जेठ १५ मंगलबार १०:४९ बजे

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । आज (मंगलबार) संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री बर्षमान पुनले ज्येष्ठ नागरिक लगायतका लक्षित समूहलाई प्रदान हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको घोषणा गरेका हुन् ।

तर, यस वर्ष प्रचण्ड नेतृत्व सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको भने छैन। तत्कालीन नेतृत्वको सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट भाषणमा ३३ प्रतिशत वृद्धभत्ता बढेको घोषणा गरेका थिए । उनले १ हजार भत्ता बढाउँदै जेष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ पु¥याएका थिए ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले १०० रुपैयाँबाट सुरु गरेको वृद्ध भत्तालाई आम नागरिकले कम्युनिस्ट सरकारले दिएको ‘उपहार’का रुपमा लिने गरेका छन् । सरकारले ज्येष्ठ नागरिकसहित एकल महिला,अपांगता भत्ता, विपन्नलगायतलाई विभिन्न शीर्षकमा भत्ता दिँदै आएको छ ।

सबै नेपाली नागरिकलाई क्रमशः राष्ट्रिय परिचयपत्र उपलब्ध गराइनेछ । राष्ट्रिय परिचयपत्रलाई राज्यबाट प्रवाह हुने सेवा सुविधासँग आवद्व गर्दै लगिने घोषणा गरेको छ । ‘राहदानी, सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता र स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिनेछ ।’ अर्थमन्त्री पुनले भने,‘भूमि व्यवस्था, सवारी दर्ता तथा नवीकरण, चालक अनुमति पत्र, बैंकिङ, निवृत्तभरण व्यवस्थापन र स्वास्थ्य बीमालाई क्रमशः राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिनेछ ।’

बढेन कर्मचारीको तलब
सरकारले आर्थिक वर्ष २०८१/८२ को मा कर्मचारीको तलब, भक्ता र अन्य सुविधा बढाएको छैन । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्र्रस्तुत आगामी आव २०८१÷८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन । गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७