पश्चिमा राष्ट्रलाई पुटिनको चेतावनी : युक्रेनलाई हतियार दिए गम्भीर परिणाम


२०८१ जेठ १६ बुधबार ०७:२९ बजे

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण गर्न युक्रेनलाई हतियार दिए ‘गम्भीर परिणाम’ भोग्नु पर्ने चेतावनी पश्चिमा मुलुकलाई दिएका छन् ।

युक्रेनलाई रुसभित्र निशानाहरूमा आक्रमण गर्न अनुमति दिने माग गर्ने नाटो सदस्य मुलुकहरूको आह्वानको जवाफमा उज्वेकिस्तानमा पुटिनले यो टिप्पणी गरेका हुन् । ‘यो लगातार वृद्धिले गम्भीर परिणाम निम्त्याउन सक्छ’, उनले भने, ‘युरोपमा विशेषगरी साना मुलुकहरूमा उनीहरूले के खेलिरहेका छन् भन्नेबारेमा सचेत हुनुपर्छ ।’

उनले युरोपेली मुलुकहरूका ‘साना क्षेत्र’ र ‘बाक्लो जनसंख्या’ लाई नेताहरूले ध्यानमा राख्नुपर्ने बताए । युक्रेनले आक्रमण गरे पनि यसको जिम्मेवारीरी हतियारको पश्चिमी आपूर्तिकर्ताको हुने उनले बताए । ‘उनीहरू विश्वव्यापी द्वन्द्व चाहन्छन्’, उनले भने ।
पश्चिमी सैन्य प्रशिक्षकहरू पहिलादेखि नै युक्रेनमा भाडाका सैनिकका रूपमा गोप्यरूपमा काम गरिरहेका र फ्रान्स जस्तो मुलुकहरूले उनीहरूलाई आधिकारिकरूपमा पठाउँदा अर्को ‘वृद्धि’ हुने आफूले विश्वास गरेको उनले बताए । ‘यो युरोपमा गम्भीर द्वन्द्वतर्फ, विश्वव्यापी द्वन्द्वको दिशामा अर्को कदम हो’, उनले भने ।

युक्रेनका शीर्ष कमाण्डरले सोमबार मुलुकमा सैन्य प्रशिक्षक पठाउने विषयमा फ्रान्ससँग कुराकानी भइरहेको घोषणा गरेका थिए । ‘त्यहाँ भाडाको सैनिकको आडमा विशेषज्ञहरू छन्, यो कुनै नयाँ कुरा थिएन’, पुटिनले भने, ‘उनीहरू रुसी सेनाद्वारा पराजित हुनेछन् र युक्रेनको भू–भागमा जोसुकै भए पनि हामीलाई आवश्यक लागेको हामी गर्नेछौं, उनीहरू यसबारे सचेत हुनुपर्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७