भारतको राजस्थानमा प्रचण्ड गर्मीले ६ जनाको मृत्यु


२०८१ जेठ १६ बुधबार ११:२४ बजे

काठमाडौं । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण उच्च तापक्रमका कारण छ जनाको मृत्यु भएको छ । तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ‘हिट स्ट्रोक’ बिरामीहरूको संख्या दुई हजार ८०९ बाट बढेर तीन हजार ६२२ पुगेको छ ।

स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मौसम विभागले पहिले नै मानिसहरूलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको छ । विभागले तिर्खा नलागे पनि पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ ।

भारतका ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ । यसबाट मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । गत महिना भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७