एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित


२०८१ जेठ १६ बुधबार ०७:३६ बजे

चितवन । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पाठक यसअघि कार्य समितिको उपाध्यक्ष थिए । उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका घनश्याम कँडेलले ९३ मत ल्याउँदा पाठकले ६०६ मत ल्याएको निर्वाचन समितिले जानकारी गराएको छ ।

उपाध्यक्षमा श्याम विष्ट विजयी भएका छन् । विष्टले ४०४ मत ल्याउँदा उनीसँग प्रतिस्पर्धा गरेका कृष्णकुमार डल्लाकोटीको २८४ मत आएको छ । सचिवमा प्रकाश ढुंगाना विजयी भएका छन् । ४६६ मत ल्याएर ढुंगाना विजयी हुँदा उनीसँग प्रतिस्पर्धा गरेका पदमपाणि सुवेदीको २२१ मत आयो । त्यसै गरी उपसचिव खुलामा मिनबहादुर परियार विजयी भएका छन् ।

उपसचिव महिलामा ज्वाला पुरी बन निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । शनिबार उद्घाटन भएको एमाले चितवनको ११ औं जिल्ला अधिवेशनमा नयाँ कार्य समितिका लागि मंगलबार मतदान भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७