काठमाडौँको नयाँ पदमार्गमा ‘हाइकिङ’


२०८१ जेठ १६ बुधबार ११:४२ बजे

काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान) ले पर्यटन प्रवर्द्धनका लागि काठमाडौँको नयाँ पदमार्गमा ‘हाईकिङ’ गरेको छ । टानले आफ्नो ४६औं स्थापना दिवसका अवसरमा आज दक्षिणकाली नगरपालिका–१ बोसनदेखि चम्पादेवी डाँडासम्म हाईकिङ गरेको हो । उक्त हाइकिङको काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्यm एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले शुभारम्भ गरे ।

कार्यक्रममा नेता केसीले नेपाल आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य भएकाले यसको विकासमा सरकार लाग्नुपर्ने बताए । ‘ट्रेकिङ र हाईकिङले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका साथै स्वास्थ्यलाई फाइदा पुग्छ’, नेता केसीले भने ।
उनले पर्यटन व्यवसायले राष्ट्रको आयआर्जनमा समेत ठूलो सहयोग पुगेको उल्लेख गरे । नेपाल हाईकिङका लागि सुरक्षित गन्तव्य भएको उनको भनाइ थियो । पूर्वमन्त्री केसीले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण काठमाडौँ वरपरको क्षेत्रलाई पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन व्यवसायीहरु लाग्नुपर्ने बताए ।

टानका अध्यक्ष निलहरि बाँस्तोलाले प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको धनी काठमाडौँ वरपरको क्षेत्रलाई मण्डला सर्किटका रुपमा विकास गर्न सके राजधानी काठमाडौँको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पर्यटन प्रवर्द्धनमा काठमाडौँको अन्य स्थानको तुलनामा कीर्तिपुर र दक्षिणकाली क्षेत्र बत्तीमुनिको अँध्यारो जस्तो भएको उल्लेख गरे । दक्षिणकाली र कीर्तिपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा टान स्थानीय सरकारसँग हातेमालो गर्न तयार रहेको उनको भनाइ थियो ।

स्थानीय तहको गठनसँगै विकासका नाममा जथाभावी मोटरबाटो खन्दा पदमार्गहरु मासिँदै गएकाले टानले नयाँ गन्तव्यको खोजीलाई तीव्रता दिएको छ । टानले भर्खरै सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका, काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका, धादिङको गङ्गाजमुना गाउँपालिका, गोरखा र लमजुङका पाँच स्थानीय तहलाई जोड्नका लागि नयाँ पदमार्ग निर्माण सम्पन्न गरिसकेको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए ।

‘हाइकिङ’ मा बागमती प्रदेशका पूर्वसंस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतलगायत पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका अध्यक्ष, पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो । टानको स्थापना दिवसका अवसरमा आजै बोसनदेखि चम्पादेवी डाँडासम्म एक सय ५० भन्दा बढी पर्यटन व्यवसायीले हाईकिङ गरेका छन् । रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७