नेपाल इको प्यानल बुद्धिचालमा आशिष फुँयाल प्रथम


२०८१ जेठ १६ बुधबार ०७:३० बजे

भक्तपुर । नेपाल इको प्यानल गोपाल खागी स्मृति फिडे रेटिङ व्रिट्ज चेस प्रतियोगितामा दोलखाका आशिश फुँयाल प्रथम हुन सफल भएका छन् । गणतन्त्र दिवसको अवसरमा मंगलबार भक्तपुरको देकोचा चाँगुनारायण जाने बस स्टप चोकको भबनमा भएको प्रतियोगितामा बद्रीलाल नेपाली काठमाडौं द्धितीय र धिरेन राई काठमाडौं तृतीय हुन सफल भए ।

प्रतियोगितामा तीन नै जनाले समान अंक प्राप्त गरे पनि टाइ ब्रेकमा आशिश पहिलो हुन सफल भएका थिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयसहित विभिन्न विधामा सर्वाेत्कृष्ट १८ जनालाई नगद, ट्रफीसहित प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, दोश्रोलाई चार हजार, तेश्रोलाई तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

साथै यी तीनसहित कुल १८ जना विभिन्न समूहलाई गरी कुल ३० हजार नगद बराबरको पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगितामा कुल ८० खेलाडीहरु सहभागी भएका थिए । उनीहरु विभिन्न २४ जिल्लाका रहेका थिए । प्रतियोगिता स्विस लिगको आधारमा नौ चरणमा खेलाइएको थियो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रायोजक नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सिइओ इन्जिनियर कृष्णभक्त दुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

पुरस्कार वितरण समारोहमा नेपाल बुद्धिचाल महासंघका केन्द्रिय अध्यक्ष हेराकाजी महर्जन, प्रतियोगिता सञ्चालन गर्न गठित समितिका संयोजक चेसका भेट्रान्स् गणेशमान दुवाल, प्रमुख निर्णाय ज्ञानेन्द्र खाइजूलगायतले प्रतियोगिताको विविध विषयमा चर्चा गरे । प्रतियोगितमा सहभागीमध्ये भक्तपुरबाट सहभागीहरुमा निकेन कुशाथा विजयी भए । उनले नौ राउण्डमा सात अंक प्राप्त गरेका थिए ।

प्रतियोगितामा भक्तपुरबाट मात्रै ३० जना प्रतिस्पर्धी रहेको कार्यक्रममा जनाइयो । प्रतियोगिताका प्रायोजक नेपाल इको प्यानलले सामाजिक उतदायित्व अन्तर्गत प्रतियोगिता सञ्चालन गरेको जनाएको छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । प्रतियोगिता भक्तपुर जिल्ला बुद्धिचाल संघका पूर्व सल्लाहकार स्वर्गीय गोपाल खागीको स्मृतिमा भएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७