सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन


१६ जेष्ठ २०८१, बुधबार
salman

मुम्बई । सलमान खानको नयाँ फिल्म सिकन्दरमा बाहुबली फेम अभिनेता कटप्पा अर्थात सत्यराज भिलेन बन्ने भएका छन् । साउथका चर्चित अभिनेता सत्यराजको सलमानको फिल्म ‘सिकंदर’ मा इन्ट्री भएको हो । यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन् । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए ।

अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा आफूलाई ‘सिकन्दर’ मा कास्ट गरिएको बताए । एआर मुरुगादासको निर्देशनमा बन्ने यो सलमान स्टारर फिल्ममा उनी खलनायकको भूमिकामा देखिने पनि उनले जानकारी दिए । यस महिनाको सुरुमा, मे ९ मा, निर्माताहरूले फिल्मसँग सम्बन्धित अर्को घोषणा गरेका थिए । फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्नालाई कास्ट गरिएको निर्माण पक्षले जनाएको छ ।

यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन्। फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।

निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकंदर’ भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७