दुई संसदीय समितिको बैठक बस्दै


२०८१ जेठ १६ बुधबार ०७:५२ बजे

काठमाडौं । संघीय संसद्अन्तर्गतका आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।

त्यसै गरी अर्को बैठक बिहान ११ बजे नै विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७