गगन थापानिकट गुण्डानाइके संजीव लामा स्याल बलात्कार आरोपमा पक्राउ


३१ जेष्ठ २०७५, बिहीबार
syal

काठमाडौं, ३१ जेठ । चारजना मिलेर एक युवतीमाथि सामूहिक बलात्कार गरेको घटना सेलाउन नपाउँदै दरबारमार्गमा अर्की युवती बलात्कारको शिकार भएकी छन् । ती युवती हुन्, चितवनकी रुपा शर्मा(नाम परिवर्तन) । गुण्डानाइके संजीव लामा स्यालले रुपालाई बलात्कार गरेका छन् । रुपाको उजुरीपछि लामा पक्राउ परिसकेका छन् । लामा आफैले खोलेको दरबारबार्ग महेन्द्र शालिक अगाडि रहेको नोला लाउन्ज एण्ड बारमा म्यानेजर राखेकी रुपा( नाम परिवर्तन)लाई सोमबार राति ३ बजे बलात्कार गरेका थिए । घटना भएको ३ दिनपछि युवतीले बलात्कारको उजुरी महानगरीय प्रहरी बृत्त दरबारमार्गमा दर्ता गरेपछि प्रहरीले लामालाई पक्राउ गरेको छ । उजुरी लगत्तै बुधबारै लामालाई प्रहरीले पक्राउ गरेको छ ।

syal
दरबारमार्ग प्रहरी बृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले लामालाई बलात्कारको आरोपमा पक्राउ गरेको स्वीकार गरे । उनले भने–३ दिनअघि उनले आफ्नै रेष्टुरेन्टमा काम गर्ने युवतीमाथि बलात्कार गरेका उजुरी परेपछि पक्राउ गरिएको हो । ‘आफ्नै रेष्टुरेन्टमा म्यानेजर बनाएर राखिएकी युवतीलाई राति ३ बजे लामाले बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरेका हौंं’ डीएसपी मल्लले भने, बलात्कारको शिकार भएकी युवतीलाई लामाले ‘म डन हुँ, काभ्रेको कांग्रेस नेता हुँ, मलाई प्रहरीले केही गर्न सक्दैन’ भनेर उजुरी नदिन बारम्बार धम्की दिने काम गरेका थिए । तर युवतीले परिवारसँग सल्लाह लिएर बलात्कारी लामा विरुद्ध बुधबार प्रहरीमा जाहेरी दिएकी छन् । युवतीले जाहेरी दिनासाथ प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाइसकेको छ ।
बलात्कारी लामालाई छाड्न र बलात्कार केस मिलाउन नेपाली कांग्रेसका युवानेता गगनकुमार थापालगायत केही नेताहरुले प्रहरी बृत्त दरबारमार्गका डीएसपी मल्ललाई चर्को दबाब दिइरहेको स्रोतले बताएको छ । बलात्कारी लामालाई जोगाउन विगतमा जस्तो मुद्दा मिलाउन दबाब परेकोबारेमा डीएसपी मल्लले भने–महिलामाथि बलात्कार गर्नेलाई कानुन अनुसार कारबाही गर्न हामी प्रतिबद्ध छौं । धेरै दबाब आएका छन् । तर त्यस्ता दबाब हामी मान्दैनौैं । गगन थापाले दबाब दिएका हुन् भन्ने प्रश्नमा डीएसपी मल्लले भने, तपाईहरुलाई थाहै छ किन मेरो मुखबाट भन्न लगाउनुहुन्छमात्र भने । ‘बलात्कार जस्तो संगीन अपराध गर्नेलाई कडा कारबाही हुनुपर्छ’ उनले भने– ‘बलात्कारको मुद्दा मिलाउन वा आरोपीलाई छाड्न धेरै दबाब दिए हामी दबाब दिनेहरुको नामै सार्वजनिक गर्न बाध्य हुनछौं ।’
कांग्रेसका युवनेता गगन थापासँग बलात्कार आरोपीलाई छाड्न दबाब दिएको आरोपकाबारेमा प्रतिक्रयाका लागि सम्पर्क गर्दा उनले मोवाइल रिसिभ नै गरेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७