३३ किलो सुन प्रकरण : छानबिन समितिको म्याद पुनः थपिने


३१ जेष्ठ २०७५, बिहीबार
gore

काठमाडौं, ३१ जेठ । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याबारे गठन भएको छानविन समितीको म्याद एक महिना थपिने भएको छ । गृह मन्त्रालयले बिहीबारको मन्त्रिपरिषदको बैठकमा समितिको म्याद दोस्रो पटक एक महिना थप गर्ने प्रस्ताव लैजान लागेको हो ।gore

गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गत चैत २० को मन्त्रिपरिषद्ले ९ सदस्यीय छानविन समिति गठन गरेको थियो । सुरुमा २०७४ चैत १९ गते गठन भएको समितिलाई ४५ दिनको समय दिइएको थियो ।

उक्त समितीको जेठ ४ गते पहिलो पटक २५ दिनका लागि म्याद थप गरिएको थियो । थपिएको म्यादमा पनि समितिले काम सम्पन्न गर्न नसकेपछि दोस्रोपटक म्याद थप गर्न लागिएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७