खेलाडीको हौसला बढाउन नेपाली जर्सी लगाएर कार्यकक्षमा गृहमन्त्री लामिछाने (तस्वीरहरु)


०६:५४ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबारस्थित कार्यकक्षमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएका छन् ।

मंगलबार संसदमा पनि रास्वपाका सांसदहरूले नेपाली जर्सी लगाएका थिए । सांसदहरूले नेपाली राष्ट्रिय टोलीका विश्वकप खेलमा जीतका लागि हौसला दिन र नेपाली खेल प्रेमीलाई उत्साहित बनाउन जर्सी लगाएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा भने क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका पठाउने उचित पहल नगरेको भन्दै आलोचना भइरहेको छ भने यस्ता कार्यले खेलाडीको मनोबल बढाउने भन्दै समर्थकले प्रशंसा गरिरहेका छन् । मंगलबार नेपालले नेदरल्याण्ड्ससँग टी–२० विश्वकप प्रतियोगिताको खेल खेल्दैछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७