हङकङमा नेपाली काँग्रेसले चुनाव हार्नुको समीक्षा


२६ जेष्ठ २०७५, शनिबार
hongkong congress

हङकङ, २४ जेठ । नेपाली जनसम्पर्क समिति हङकङको आयोजनामा जोर्डन स्थित चुम्लुङ्ग हिमको सभा हलमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।hongkong congress

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता, महासमिति सदस्य एवं तरुण दल पूर्व केन्द्रीय सदस्य दिनेश राई, समितिका संरक्षक प्रजातान्त्रिक योद्धा वयोवृद्ध बुबा राजमान गुरुङ, पूर्व सभापतिहरू कुल प्रसाद गुरुङ, सन्तोष घले, वसन्त श्रीनेत, हङकङ नेपाली महासङ्घका अध्यक्ष रिता गुरुङ, किराँत यायोख्या हंगकङका महासचिव एवं काँग्रेसका युवा नेता बज्र थुलुङ राई, समितिका सल्लाहकारहरू समाजसेवी देव गुरुङ, किसन देवान, नरेन्द्र गुरुङ र काजी गुरुङ लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसले बेहोर्नु परेका हारका कारणहरू बारेमा छलफल भएको थियो । भने आफ्नो कमीकमजोरीहरूलाई अबको दिनमा सच्याउँदै विदेशबाट भए पनि खबरदारी गर्ने र जनसम्पर्क समितिले कस्तो रणनीति अपनाउनुपर्छ भन्ने विषयमा चर्चापरीचर्चा भयो ।

कार्यक्रम राजमान गुरुङज्युले काँग्रेसको ऐतिहासिक कुरालाई सुनाउँदै नेपाली काँग्रेसलाई समृद्धिको बाटोमा लान युवा पलायन रोक्नुपर्ने बताउँदै समृद्धिको बाटोमा लैजान नेपाली काँग्रेसले स्पष्ट खाका ल्याउनु पर्ने बताए । पार्टीलाई र कार्यकर्तालाई हार हैन जितको मानसिकता दिन पार्टी नेतृत्वले आवश्यक रहेको विचार व्यक्त गरे ।

त्यसै गरी नेपाली काँग्रेसको वर्तमान अवस्था र भावी रणनीतिको बारेमा सन्देश लिएर विदेशी भूमिमा कार्यरत रहेका काँग्रेसहरूलाई सन्देश दिँदै हिँडेका युवा नेता दिनेश राईले मन्तव्यको क्रममा जनसम्पर्क समितिले खेलेको भूमिका, काँग्रेसको वर्तमान अवस्था, चुनाव हार्नुको कारण, गुटबन्दीका असरहरू, भावी रणनीतिको विषयमा खुलेरै चर्चा गरेका थिए । उनले जनसम्पर्क समितिको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरू मध्यबाट केन्द्रीय सदस्य बन्नका लागि काँग्रेसले बाटो खुल्ला गर्नु पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमको सभापतित्व नेपाली जनसम्पर्क समिति हङकङका सभापति जगत् शाहले गरेका थिए । त्यस्तै स्वागत मन्तव्य वरिष्ठ उपसभापति मीन गुरुङले गरेका थिए भने कार्यक्रम सञ्चालन महामन्त्री गोबिना रानाले गरेका थिए ।

कार्यक्रममा सभापति शाहले नेपालदेखि विदेशसम्म मनपरी ढंगले कार्यकर्ताहरू चल्ने जे मन लाग्छ बोल्ने र काम पनि गर्दे हिँड्ने गरेको बताउँदै अनुशासन हिनताको अवस्था आएको बताए ।
हङकङमा आधिकारिक भातृ संगठन नेपाली जनसम्पर्क समिति हुँदाहुदै आफ्नै खुसीले बिपि स्मृति प्रतिष्ठान र बिपि अध्ययन प्रतिष्ठान खोलेर मनपरी गर्दै संस्थाको कार्यसमितिमा रहेर बैठकहरूमा समेत उपस्थिति नजनाएर मनपर्ने हिँड्ने गरेको बताउँदै अब चुप लागेर नबस्ने चेतावानी दिए ।

रातको ११ बजे सम्म चलेका कार्यक्रमपश्चात् साँझको खाना हङ्री आई रेस्टुरेन्टमा खाएर सबै छुटिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७