मतदानबाट वञ्चित हुँदै पाँच लाख कर्मचारी र सुरक्षाकर्मी


१२ कार्तिक २०७४, आईतवार
काठमाडौं : आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको काममा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मी मतदान गर्ने अवसरबाट वञ्चित हुने भएका छन् ।
nirbachan
निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, म्यादी प्रहरीको अस्थायी मतदाता नामावलीको व्यवस्था नभएकाले उनीहरूले समानुपातिक निर्वाचनमा समेत मतदान गर्न पाउनेछैनन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

निर्वाचन आयोगले सरकारी कर्मचारी र सुरक्षाकर्मीका लागि अस्थायी मतदाता नामावलीको व्यवस्था गर्ने/नगर्नेबारे अन्तिम निर्णय भने गरिसकेको छैन ।

प्रदेश र प्रतिनिधिसभाको मतपत्र एउटै भएका कारण अस्थायी मतदाता नामावलीको व्यवस्था गर्न सम्भव नभएको आयोगका एक आयुक्तले जानकारी दिए । उनका अनुसार फरक–फरक प्रदेशबाट मतदान गर्नुपर्ने अवस्थामा प्रदेश सभाको समानुपातिकको मतमा समस्या हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७