सम्झना राई बनिन् कोरियाका पहिलो नेपाली प्रहरी


३१ जेष्ठ २०७५, बिहीबार
samjhana rai

सउल १४ जुन । दक्षिण कोेरीयाले नेपालीहरूको लागि इपीएस प्रणाली लागु गरेर कामदार लैजाँदै आएका छन् । यो क्रम जारी रहेको छ । तर, एक नेपाली महिला भने दक्षिण कोरियामा प्रहरीमा सम्लग्न रहेकी छिन् । सन् २०१० मा कोरियाली पुरुषसँग विवाह गरेर कोरिया पुगेकी सम्झना राई दक्षिण कोरियाको प्रहरीमा सेवारत छिन् ।

samjhana rai
सम्झना राई /तस्बिर: न्युज नेभर डटकमबाट

उनी दक्षिण कोरियामा पहिलो नेपाली प्रहरीसमेत बेनकी छिन् । २८ वर्षीय राई अहिले दक्षिण कोरियाको प्रहरीमा सेवारत छिन् । उनले भनेकी छिन्, ‘दक्षिण कोरियाको प्रहरीमा लाग्न सानातिना मिहेनत गरेकी छैन । मिहेनतको फल पाउँदा खुसी लागेको छ ।’ दक्षिण कोरियाको प्रहरीमा लाग्दा विशेष साथीहरू र शिक्षकको भूमिका रहेको बताएकी छिन् । उनी दक्षिण कोरियाका प्रहरीमा सम्लग्न रहेको कोरियाली वेभ साइट केजेडेल्ली डटकम र न्यूज नेभर डटकमले जनाएको छ ।

वास्तवमा उनी नेपालबाट नभै कोरियाबाटै प्रहरीमा प्रवेश भएकी हुन् । नेपालीहरूलाई सिधै आर्मी तथा प्रहरीमा रहेर सेवा गर्ने प्रावधान नभएको कारण राईले दक्षिण कोरियाली पुरुषसँग विवाह गरेर प्रहरीमा प्रवेश गरेकी हुन् । राई सन् २०१० मा कोरियन नागरिकसँग विवाह गरेर कोरियाको ख्वान्जुस्थित दाम्याङ आएकी हुन् ।

कोरियाको प्रहरीमा सेवा गर्ने इच्छा जागेपछि उनले आवश्यक तयारी गरेकी थिइन् । उनले यहाँ सन् २०१५ मार्चबाट चुजन विश्वविद्यालयमा भर्ना भएर प्रहरीमा सम्लग्नु हुने योग्यता आर्जन गरेकी हुन् । उक्त विश्वविद्यालयबाट उनले जुन १४ मा त्यहाँको सरकारले लिने प्रहरीसम्बन्धीको परिक्षमा उत्त्रिर्ण गरेकी थिइन् । अहिले राई कोरियाको प्रहरी मुख्यालयमा ८ महिनाको तालिम लिएर खेङ्गिदो प्रान्तमा विदेशी हेर्ने विभागमा सेवार छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७