अनमोलको ‘जेरी अन टप’ मा आँचलको ‘इन्ट्री’


२६ जेष्ठ २०८१, शनिबार
jeryontop2024 06 08 12 06 17

काठमाडौँ । फिल्म ‘फर्की फर्की’ को सफलतापछि अभिनेता अनमोल केसी अर्को फिल्म ‘जेरी अन टप’ को तयारीमा जुटिसकेका छन् । यही जेठ अन्तिमबाट छायांकन गर्न लागिएको फिल्ममा उनको जोडी अभिनेत्री आना शर्मासँग बाँधिने निश्चित भइसकेको छ । यसैबीच, फिल्ममा अर्की अभिनेत्री आँचल शर्माको पनि इन्ट्री भएको छ ।

फिल्मका निर्माता सरोज न्यौपानेले फेसबुकमा स्टाटस लेख्दै आँचलको फिल्ममा इन्ट्री भएको घोषणा गरेका हुन् । उनले नाम उल्लेख नगरेपनि आँचलको तस्बिरसहितको स्ट्याटसबाट यो जानकारी दिएका छन् । आँचलका आगामी दिनमा पिताम्बर’, ‘रानीमहल’, ‘दुःखी आत्मा’ जस्ता फिल्म आउँदै छन् ।

सन् २०१४ मा प्रदर्शनमा आएको सफल फिल्म ‘जेरी’ को दोस्रो सिरिजको रुपमा निर्माण हुन लागेको यस फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायांकन गरिने बताइएको छ । फिल्मलाई आउँदो तिहारमा प्रदर्शन गरिने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७