समाजवादी निकट युवा संघमा भाडभैलो, अध्यक्ष नेपाल निकटले नै बनाए अर्को समानान्तर कमिटी


११:२५ बजे

काठमाडौं : काठमाडौं नेकपा (एकीकृत समाजवादी) निकट युवा संघमा भाडभैलो सुरु भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल पक्षकै नेताहरुले समानान्तर नेतृत्व घोषणा गरेपछि विवाद सतहमा पुगेको हो ।

अध्यक्ष नेपाल निकट युवाहरुले शनिबार काठमाडौंमा भेला गरेर नितेश पौडेल संयोजक र फुर्वा तामाङ सह–संयोजक रहेको महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । पार्टी अध्यक्ष नेपालसँग सल्लाह गरेरै भेला गरिएको पौडेल पक्षका नेताहरूकाे दाबी छ । संघका संयोजक कृष्णकुमार विश्वकर्माले महाधिवेशन गर्न नचाहेकाले अर्को महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुपरेको सह-संयोजक तामाङको दाबी छ ।

युवा संघको संस्थापन पक्षले कारबाही गरेको छ । संयोजक विकको अध्यक्षतामा शनिबार बसेको आकस्मिक कार्यालय बैठकले पौडेलसहित कार्यालय सदस्य रोशन थापालाई कारबाही गरेको छ । प्रेम प्रधान, फुर्वा लामा, प्रेमा लामालगायतलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको कार्यालय सदस्य सुशील भट्टराईले जानकारी दिए । 

संघका पूर्वउपाध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य हस्त शाही अवैधानिक भेलामा उपस्थित समानान्तर कमिटी घोषणा गरेकोमा पार्टी केन्द्रीय कमिटीलाई कारबाही गर्न संघले माग गरेको छ ।  संयोजक विक पार्टीका सम्मानित नेता झलनाथ खनालनिकट हुन् भने सहसंयोजक पौडेल अध्यक्ष नेपालका भान्जा हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७