नेपाल टेलिभिजनको अध्यक्षमा डा महेन्द्र विष्ट नियुक्त


१ असार २०७५, शुक्रबार
mahendra bista

काठमाडौँ, ३१ जेठ ।  सरकारले नेपाल टेलिभिजनको अध्यक्षमा डा महेन्द्र विष्टलाई नियुक्त गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा विष्टलाई टेलिभिजनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।mahendra bista

मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूलार्इ जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बस्कोटाले विष्टलार्इ अध्यक्षमा नियुक्त गरिएको जानकारी दिए ।  विष्ट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हुन । विष्ट इमेज टेलभिजनको समाचार प्रमुख समेत रहेका थिए

अध्यक्ष डा महेन्द्र विष्ट नेपाल पत्रकार महासङ्घ र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष हुनाका साथै टिभी, रेडियो र दैनिक पत्रिकाहरुमा पनि काम गरिसकेका छन् । उदयपुरमा जन्मनुभएका विष्टले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि  गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७