श्यामलको पत्रकारिता र साहित्य यात्रा


१ असार २०७५, शुक्रबार
haruhar adhikari syamal

काठमाडौँ, ३१ जेठ । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्षमा नियुक्त हरिहर अधिकारी (श्यामल) नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले तीन दशकदेखि पत्रकारिता र साहित्य लेखनमा क्रियाशिल रहँदै आएका श्यामललाई नियुक्त गरेको हो । haruhar adhikari syamal
उनले तीसको दशकमा ‘मातृभूमि’ बाट पत्रकारिता शुरु गरेका थिए । दैलेखको गन्मगाउ ँ, पगनाथमा विसं २०१६ पुस ३० गते पिता उदयराम र माता कलावतीका कोखबाट जन्मिएका उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा र साहित्यमा स्नातकोत्तर गरेका छन् ।

उनले ‘रूपरेखा’ मासिक, ‘घोषणा’, ‘दृष्टि’, ‘प्रतिपक्ष’ (साप्ताहि), ‘नयाँ पत्रिका’ र ‘सौर्य’ ९दैनिक०मा सल्लाहकार सम्पादक भई काम गरिसकेका छन् । उनले विसं २०६३ देखि २०३९ सम्म ‘प्रख्यात’ साहित्यिक मासिक पत्रिकाको सम्पादन समूहमा पनि रही काम गरेकोे थियो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)मा विशेषज्ञ सेवा दिइसकेका उनले राष्ट्रिय अन्तर्रा्ष्ट्रिय विकास परियोजना सञ्चालन गरिरहेका संस्थाका लागि विकास व्यवस्थापन तथा क्षमता विकास परामर्शदाता, प्रशिक्षक, अनुवादक, सहजकर्ताको भूमिका पनि निर्वाह गरिसकेका छन् ।
उनले राष्ट्रिय प्रतिभा पुरस्कार ९२०५५०, साझा प्रकाशनबाट ‘गरिमा सम्मान’ ९२०६४०, ‘अग्निशिखा पत्रकारिता’ पुरस्कार ९२०६६० आदि सम्मान पाइसकेका छन् ।
यसैगरी उनका कविता संकलन, २०४४, ‘लयब्रह्म’ (कविता संकलन, २०६०), ‘कालचक्र नेपाल’, ‘हतारमा यात्रा’ (कविता संकलन, २०६८), ‘कविले रोजेका कविता’ (श्रव्य कविताः २०६३), ‘अभागी कर्नेल’ (कोलम्बियाली आख्यानशिल्पी गाब्रियल गार्सिया मार्खेजको उपन्यास ‘नो वन राइट्स टु द कोलोनेल’ को अनुवाद (२०६८), ‘रित्तो गाउँ’ (निबन्ध संग्रह, २०६९) प्रकाशित छन् ।

यस्तै उनका अंग्रेजी, जापानी, हिन्दी, असमिया, थारु र नेपाल भाषामा पनि केही कविताको अनुवाद प्रकाशित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७