वाणिज्य बैंकका प्रबन्धक भ्रष्टाचारी ठहर


१०:२४ बजे

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालीन प्रबन्धक रामजनक चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । सोनापुर सिमेन्ट फ्याक्ट्रीको सडक बनाउने तीन वटा निर्माण कम्पनी र मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङबीचको सम्झौताका लागि फर्जी अग्रिम भुक्तानी जमानीपत्र बनाएर भुक्तानी दिएको अभियोगमा चौधरी दोषी ठहर भएका हुन् ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले चौधरीलाई १० महिना कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

उनीसँगै निर्माण व्यवसायीहरू बीटी निर्माण सेवाका निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवाका प्रोप्राइटर अर्जुनबहादुर बुढाथोकी र टौदह कन्सट्रक्सनका प्रतिनिधि पुन्नबहादुर शाहीलाई पनि अदालतले दोषी ठरह गरेको छ । उनीहरूलाई जनही २० हजार जरिवानासहित पाँच महिना कैद सजाय हुने फैसला भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७