१९ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा १२ खर्ब भित्रियो


२०८१ जेठ २८ सोमबार ०७:१८ बजे

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का १० महिनामा ११ खर्ब ८९ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षका १० महिनाको तुलनामा रेमिट्यान्स आय १९.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार, १० महिनाको अवधिमा संस्थागत तथा नयाँ व्यक्तिगत गरी वैदेशिक रोजगारीका निम्ति तीन लाख ७४ हजार ८८७ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३७ हजार ८९३ छ । गत वर्ष सोही अवधिमा संस्थागत तथा नयाँ व्यक्तिगत गरी वैदेशिक रोजगारीका निम्ति चार लाख २१ हजार २७९ जनाले श्रम स्वीकृति लिएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७