राष्ट्रसंघ सुरक्षा परिषद बैठक : गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित


२०८१ जेठ २९ मंगलबार ११:५० बजे

काठमाडौं । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित गरेको छ । सुरक्षा परिषद्मा रहने १५ सदस्यहरूमध्ये १४ सदस्य युद्ध विराम गर्ने पक्षमा उभिएका थिए । भिटो प्रयोग गर्ने अधिकार रहेको रूसले भने मतदानमा भाग लिएन ।

युद्धविरामको प्रस्ताव अमेरिकाले राखेको थियो । उक्त प्रस्ताव विशाल बहुमतले प्रस्ताव पारित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार गाजामा तीन चरणमा युद्धविराम लागु गर्ने उल्लेख छ । पहिलो चरणमा बन्धक बनाइएकाहरूलाई रिहा गर्ने र बन्धक भएकै अवस्थामा मृत्यु भएकाहरूको शव फर्काउने उल्लेख छ ।

इजरायली सेना गाजा क्षेत्रबाट हट्न शुरू गर्ने, युद्धका कारण विस्थापित भएकाहरूलाई आफ्नो घर फर्किन दिने र सुरक्षित रूपमा मानवीय सहायता पुर्‍याउने प्रस्तावमा उल्लेख छ । दोस्रो चरणमा युद्धको स्थायी अन्त्यको चरण हुनेछ । यस चरणमा कोही बन्धक बाँकी भए तिनलाई रिहा गर्ने र इजरायली सेना गाजाबाट पूर्णरूपमा हट्ने प्रस्ताव छ । तेस्रो चरणमा गाजामा पुनर्निर्माणको काम शुरू हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७