निलम्बित न्यायाधीश भुवन गिरीलाई बैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद


२०८१ जेठ २९ मंगलबार ०७:१७ बजे

काठमाडौं । काठमाडौं जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको सोमबार (हिजो) को इजलासले उनलाई तीन लाख रुपैयाँ जरिवानाको फैसला समेत गरेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

‘सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना । त्यो जरिवानालाई क्षतिपूर्तिको रूपमा पीडितले पाउने फैसला भएको छ’, शर्माले भने । यही जेठ १३ गते न्यायाधीश भुसालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । सजाय निर्धारणका निम्ति जेठ २८ गते (सोमबार) लाई पेसी तोकिएको थियो । कपिलवस्तु जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि गिरीलाई निलम्बन गरी थुनामा राखिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७