सुनकोशी नदीमा नुहाउने क्रममा डुबेर महिलाको मृत्यु


२०८१ जेठ २९ मंगलबार ०७:०३ बजे

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ हैबार कटहरे नजिक सुनकोशी नदीमा डुबेर एक महिलाको ज्यान गएको छ । साथीसंगीसँग नुहाउन गएकी वडा नं ६ कै मेवाबोटेकी ३० वर्षीय चन्द्रकला हायूको सुनकोशी नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नुहाउने क्रममा ढुंगामा चिप्लिएर सुनकोशीमा बेपत्ता भएकी हायूको शव खोजतलास गर्दा नदीको बीच भागमा फेला परेको सिन्धुली प्रहरी प्रमुख एसपी गाोविन्द काफ्लेले जानकारी दिए । हायूको शवको मंगलबार नै सिन्धुली अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । गर्मी बढेसँगै नदीनालामा नुहाउन जानेहरुको संख्या बढेकाले सचेत हुने समेत उनले आग्रह गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७