नवजात शिशुको हत्या आरोपमा २१ वर्षीया आमा पक्राउ


२०८१ जेठ २९ मंगलबार ०७:०९ बजे

सोलुखुम्बु । सोलुखुम्बुमा नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– २ की २१ वर्षीया कल्पना विश्वकर्मा रहेकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले गत आइतबार बच्चा जन्माएर घरदेखि अन्दाजी २०० मिटर दक्षिणमा रहेको खोल्सीमा लगि साल नालसहितको फालेकी थिइन् । घटनाबारे जानकारी प्राप्त भएसँगै खटिएको प्रहरी टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७