टी–२० विश्वकप : नेपालले भोलि श्रीलंकाविरुद्ध खेल्दै


२०८१ जेठ २९ मंगलबार ०८:०१ बजे

काठमाडौँ । नेपालले टी–२० विश्वकप अन्तर्गत भोलि बिहान श्रीलंकाविरुद्ध खेल्दै छ । समूह ‘डी’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो । अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल भोलि बिहान ५ः १५ बजेदेखि शुरु हुँदैछ ।

नेपालले यस विश्वकपमा पहिलो खेलमा नेदरल्याण्डससँग हार व्यहोरेको थियो । नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार दुई खेलमा हार व्यहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग र दोस्रो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो ।

समूह ‘डी’ मा नेपाल र श्रीलंकाका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस समूहमा दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक हासिल गरेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ त्यस्तै बंगलादेशले २ खेलमा एक जित र एक हारसहित २ अंक हासिल गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७