सांसद सिंहको प्रस्ताव : नेपालमा मान्छे नरहने भए, मेनपावर कम्पनी खारेज गरौं


२९ जेष्ठ २०८१, मंगलवार
amresh kumar singh
फाइल फोटो

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाल मान्छे बेच्ने देशको रूपमा बदनाम हुन लागेको भन्दै वैदेशिक रोजगार कम्पनी (मेनपावर) खारेज गर्न एक सांसदले प्रस्ताव गरेका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०८१/०८२ अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयको विनियोजित रकममा खर्च कटौती प्रस्ताव राख्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले मेनपावर कम्पनी खारेज गर्नुपर्ने बताएका हुन् ।
‘रेमिट्यान्सबाट कुनै पनि मुलुक समृद्ध बनेको छैन । हामी मान्छे बेच्नेको देशको रूपमा विस्तार गरिरहेका छौं । मेनपावर कम्पनी खारेज गरौं, स्टडी गरौं नेपाल बाहेक अन्त मेनपावर कम्पनी छैन । यहाँ त सरकारले भन्छ कि १०० जना बेच्नै पर्छ । अन्यथा उसको लाइसेन्स नवीकरण हुँदैन’ सांसद सिंहले भने ।

राजनीतिक दल पिच्छेका मेनपावर कम्पनी खडा गरिएको र उनीहरूले नै विकृति निम्त्याएको उनले बताए । दलको संरक्षणमा रहेका कम्पनीले इन्डोर काम भनेर लैजाने र बाहिर काम गर्न लगाएर नेपाली युवालाई ठगिरहेको उनले बताए । ‘मेनपावर कम्पनी श्रम मन्त्रालयको कमाइ खाने भाँडो भएको छ । मेनपावर रहेसम्म नेपालमा मान्छे रहन दिँदैन, बिरामी अवस्थामा मात्र नेपालमा युवा रहने भए’ सांसद सिंहले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७