सुदूरपश्चिम कांग्रेसले भन्यो-नीति–कार्यक्रम अनुसारकै बजेट आए पारित हुन दिनौं


२०८१ जेठ २९ मंगलबार ०६:५९ बजे

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले आउँदो असार १ गते प्रदेश सरकारले ल्याउने बजेट गलत आए प्रतिवाद गर्ने बताएका छन् । उनले जनताको भावना विपरित बिचौलियाको प्रभावमा परेर ल्याइने बजेट कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

निबर्तमान मुख्यमन्त्री समेत रहेका दलका नेता शाहले आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै नीति तथा कार्यक्रम गलत रहेको र त्यसै अनुसारको बजेट आए प्रतिवाद गर्ने बताए । उनले नीति तथा कार्यक्रममा धेरै कुरा गलत आएको बताउँदै बजेटको रातो किताब हेरेर विरोधको शैली तय गरिने उल्लेख गरे ।

उनले भने, ‘खल्तीका आयोजना हाल्ने काम भईरहेको सुनेका छौ, हामी त्यसको विरोध गर्छौ ।’ अहिलेको बजेट निर्माणमा बिचौलियाको बिगबिगी रहेको हल्ला चलेको छ, दलका नेता शाहले भने, ‘बिचौलिया केन्द्रित बजेट आएको प्रमाणित भए पास हुन दिन्नौ । संघीय अनुदान समेत झण्डै ३ अर्ब कम आएको बेला प्रदेश सरकारले बढि बजेट ल्याउन खोजेर आर्थिक भार थप्न खोजेको उनको आरोप छ ।’

उनले थपे, ‘बजेट बनाउने काम पार्टीका कार्यकर्ता र सचिवालय गरेको भन्ने सुनेको छु, यति त्यसो हो भने यो दुर्भाग्य हो ।’उनले कर्मचारीहरूलाई विधि प्रक्रियामा रहेर अगाडी बढ्न पनि आग्रह गरे । ५४ दिनमा सरकारले पूर्णता पाएको छ । आज मन्त्रालय भन्दा बढि मन्त्री छन्, उनले भने, ‘सरकारले सरकार जोगाउन यो प्रदेशलाई आर्थिक भार थप्ने कुराको कांग्रेसले विरोध गर्छ । मन्त्रालय टुटाएर फुटाएर राज गर्न कुराको विपक्षमा छौँ ।’ उनले सत्ता टिकउने नममा जे पनि गर्न नपाइने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७