प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि छलफल


२०८१ जेठ २९ मंगलबार ०८:०७ बजे

काठमाडौँ । प्रतिनिधिसभामा आज (मंगलबार) देखि मन्त्रालयगत बजेटमाथिको छलफल थालिएको छ । मंगलवारको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफल भइरहेको छ ।

बैठकमा सांसदहरु प्रेम सुवाल, सांसद डा. अमरेशकुमार सिंह, पुष्पबहादुर शाह, बद्रीप्रसाद पाण्डेले खर्च कटौतीको प्रस्ताव पेस गरेका छन् । मन्त्रालयगत बजेटको छलफलपछि आगामी आर्थिक वर्षका लागि सरकारले प्रश्तुत गरेको बजेट पारित गर्ने कानुनी व्यवस्था छ ।

विभिन्न शीर्षकमाथिको छलफलपछि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने र आगामी असार ७ गते बजेट पारित गर्ने संसद सचिवालयको तयारी छ । संसदमा अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७