नेवानि क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा


२०८१ जेठ २९ मंगलबार ११:३३ बजे

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) का क्याप्टेन भावना पन्तको उडान निलम्बन फुकुवा गरेको छ । नेवानिको न्यारो बडी जहाज ‘ए३२०–२००’ उडाउने क्याप्टेन पन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले २१ जेठमा प्राधिकरणले ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो ।

त्रिभुवन विमानस्थलको संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएको भन्दै पन्तविरुद्ध प्राधिकरणमा उजुरी परेको थियो । उजुरीबारे छानबिन गर्दा पन्तले विमानस्थल व्यवस्थापनको पूर्व स्वीकृतिमा अन्तर्वार्ता दिएको पुष्टि भएको थियो । त्यसपछि उनको निलम्बन फुकुवा गरिएको प्राधिकरणले जनाएको छ । त्यसैगरी पन्तसँगै कारबाहीमा परेका नेवानिका वरिष्ठ क्याप्टेन विजय लामाको निलम्बन भने जारी छ । लामाले वाइड बडी जहाज ‘एयरबस ३३०–२००’ जहाज उडाउँछन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७