सुमना श्रेष्ठलाई सांसद देवेन्द्र पौडेलको सुझाव : शिक्षकको ‘डीएनए’ परीक्षण राम्रो होइन


२०८१ जेठ २९ मंगलबार ०७:१६ बजे

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयले असान्दर्भिक र बुझ्न नसक्ने विषयलाई अघि बढाएको टिप्पणी गरेका छन् । उनले देशरभरिका सामुदायिक कलेज चल्न नसक्ने स्थिति भएको भन्दै मर्जर प्रक्रियाअघि बढाउनु पर्ने बताए ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि भएको छलफलमा बोल्दै उनले उच्च शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउन अनुरोध गरे ।

‘शिक्षालाई श्रम र उत्पादनसँग नजोड्ने हो भने देशले उन्नति गर्दैन’, उनले भने । श्रम र कृषिसँग शिक्षाको महत्व भएको भन्दै उनले प्राविधिक शिक्षाले पुलको काम गर्ने बताए । सांसद पौडेलले ७५३ पालिकामै फरक–फरक विषयमा प्राविधिक शिक्षा अघि बढाउनु पर्ने र प्राविधिक शिक्षा आधुनिकीकरण गर्नुपर्ने उल्लेख गरे ।

शिक्षामन्त्री सुमना श्रेष्ठप्रति लक्षित गर्दै उनले मन्त्रालयले ३७ हजार विद्यालय नियमन, व्यवस्थापन र परिचालनको काम गर्नुपर्ने भए पनि नकारात्मक विषय मात्र चर्चा हुने गरेको उल्लेख गरे । उनले शिक्षकमाथि लाग्ने आरोप सत्य नभएको भन्दै शिक्षकको अनावश्यक डीएनए परीक्षण गर्ने विषय राम्रो नभएको बताए । ‘यो ट्रेड युनियन अधिकार विपरीत हुन्छ’, उनले भने । अरु कुरामा बहकाउमा नलाग्न र शिक्षकलाई तालिम दिने, खुशी पार्नेलगायत काम गर्नेतर्फ ध्यान दिन उनले अनुरोध गरे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७