‘रवि, बालेन र हर्क हाम्रो बलिदानको संविधानले जन्माएको हो’


२०८१ जेठ २९ मंगलबार ११:४३ बजे

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्ने कुरा सत्य नभएको बताएका छन् । आज (मंगलबार) को राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो तथ्यलाई अहिले हल्लाले छोपेको जिकिर गरे ।

उनले पुराना पार्टीप्रतिको निराशाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उदय भएको नभई नयाँ संविधानले उनीहरुलाई जन्माएको दावी गरे । ‘बालेन, हर्क र रविहरु नयाँ संविधानले जन्माएका हुन् । यदि यो संविधान हाम्रो त्यति ठूलो बलिदानबाट, कुवार्नीबाट आउँदैन थियो भने रवि, बालेन र हर्कहरुको यहाँ उपस्थिति देखिँदैन थियो ।’ उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७