क्यान अध्यक्ष चन्द भन्छन्–सन्दीपलाई गोप्यरुपमा एक साता अगाडि नै क्यानडा पठाएका थियौं


२०८१ जेठ २९ मंगलबार ०७:३४ बजे

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई वेष्ट इण्डिज पठाउनेक्रममा एक साता अगाडि नै क्यानडा पठाएको खुलासा गरेका छन् ।

नेपाल ट्युब अष्ट्रेलियाले युट्युबमा सार्बजनिक गरेको चन्दसँगको कुराकानीमा सन्दीपलाई अवरोध हुनसक्ने अनुमान गरेर गोप्य रुपमा क्यानडा पठाएको बताएका हुन् । अध्यक्ष चन्दले सन्दीपले क्यानडामा एक हप्ता अभ्यास समेत गरेको दाबी गर्दै उनलाई हाल क्यानडाका प्रशिक्षक रहेका पुबुदु दासनायकेले सहयोग गरेको बताएका छन् ।

चन्दले भनेका छन्, ‘टोटरन्टोमा हुँदा पनि उनी निरन्तर अभ्यासमा नै थिए । यसमा पूर्व प्रशिक्षकले भित्री रूपमा सहयोग गर्नुभयो । विभिन्न अवरोध र बाधा अड्चन हुन्थ्यो भनेर हामीले उनलाई गोप्य रूपमा पुर्‍याएका हौँ । यसमा हामी सफल भएका छौँ ।’
अध्यक्ष चन्दले नेपाललाई विश्वकपमा पुर्‍याउन सन्दीपको ठूलो योगदान रहेकाले उनले विश्वकप खेल्न हकदार रहेको बताए । त्यसैले नै अमेरिकाको भिसा नपाए पनि वेष्ट इण्डिजमा खेलाउन क्यानले प्रयास गरेको र यसमा क्यान सफल भएको बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७