मालपोत कार्यालय पर्साका सात अधिकृत भ्रष्टाचारी ठहर


२०८१ जेठ २९ मंगलबार ०७:३८ बजे

वीरगञ्ज । मालपोत कार्यालय पर्साका सात जना मालपोत अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा लिखतबाट उठेको राजस्व रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको दाबीसहित उनीहरुविरुद्ध अख्तियारले २०८० कार्तिक २० गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले कार्यालयका तत्कालीन मालपोत अधिकृतहरू हरिणारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, स्वर्गीय किरणप्रसाद उपाध्याय र कुमोद तिवारीलाई दोषी ठहर गरेको हो । न्यायाधीशहरु टेक नारायण कुँवर, तेज नारायण सिंह राई र राम बहादुर थापाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । सजाय निर्धारणको लागि भने अदालतले अर्को पेशी तोकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७