दुवै क्षेत्रबाट विजयी सांसद राहुल गान्धीले वायनाड सिट छाड्ने संकेत


२०८१ जेठ ३१ बिहीबार १८:०९ बजे

नयाँदिल्ली । भारतको लोकसभा चुनावमा आफ्ना दुवै सिटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धी ‘दुविधा’ मा परेका छन् । राहुल गान्धीले केरलको वायनाड वा उत्तर प्रदेशको रायबरेली छोड्नु पर्नेछ ।

बुधवार वायनाडको भ्रमणको क्रममा राहुल गान्धीले भने कि उनी संसदमा कुन सीटलाई प्रतिनिधित्व गर्ने भन्ने ‘दुविधामा’ थिए । उनले भने, ‘यसको जवाफ म बाहेक सबैलाई थाहा छ ।’ राजनीतिमा सबैलाई थाहा हुन्छ, राजनीति गर्नेलाई बाहेक । केरलाको एडभान्ना, मलाप्पुरम, कलपेटा र वायनाडमा भएको बैठकमा उनले जे निर्णय लिन्छन वायनाड र रायबरेली दुबैका जनतालाई खुशी बनाउने बताए ।

राहुल गान्धीले मंगलबार रायबरेलीका मतदाताहरूको लागि आयोजित धन्यवाद र्‍यालीमा आफ्नो दुविधाको उल्लेख गरेनन् । तर उनले वायनाडमा यसबारे चर्चा गरेका थिए । राहुलको भाषणमा उनले वायनाड सिट छोड्ने संकेतहरू थिए । उनले भने, ‘तपाईहरूले मलाई परिवारको सदस्यले जस्तै माया गर्नु भयो । मेरा भावनाहरू व्यक्त गर्न पर्याप्त शब्दहरू छैनन् । तपाईहरुको मायालाई जीवनभर सम्झि रहने छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७