विद्यालयका सटर बन्द नगर्न महानगरलाई उच्च अदालतको आदेश


२०८१ जेठ ३१ बिहीबार १८:०६ बजे

काठमाडौं । उच्च अदालत पाटनले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न काठमाडौं महानगरपालिकालाई अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेलको एकल इजलासले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न ७ असारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएको हो । उच्च अदालतले सामुदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु तत्कालका लागि बन्द नगर्न भनेको छ ।

शैक्षिक काम कारवाहीका लागि उपयोग हुनुपर्ने ठाँउमा सटरहरु भाडामा लगाएको भन्दै विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गराइएको थियो । सटरहरुमा ताला लगाएपछि व्यवसायीहरुले उच्च अदालतमा रिट निवेदन दिएका थिए । महानगरको निर्देशन अनुरुप नगर प्रहरीले व्यवसायीहरुका सटरमा ताला लगाएको थियो । अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने बिषयमा असार ७ गते पक्ष विपक्षबीचचको छलफलपछि टुंगो लाग्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७