९ हजार ९ सय ९६ जना शिक्षकका लागि विज्ञापन खुल्यो (विज्ञापनसहित)


१ असार २०७५, शुक्रबार
tsc

काठमाडौं, १ जेठ । शिक्षक सेवा आयोगले प्राथमिक तहको लागि ९ हजार ९ सय ९६ शिक्षकको माग गरेको छ । प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका लागि खुला प्रतिष्पर्धाबाट विज्ञापन खुलाइएको आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलियाले दिएको जानकारी दिए ।tsc

उनका अनुसार अन्य तहका लागि भने अहिले कुनै पनि निर्णय भएको छैन् । उनले भने, ‘हाल खुला प्रतिष्पर्धा अन्तर्गत प्राथमिक तहका लागि विज्ञापन आह्वान गरिएको छ, अन्यको हकमा पछि निर्णय गरिनेछ ।’

आयोगका अनुसार खुलातर्फ ५ हजार ४९८, महिलातर्फ १ हजार ४२१, दलित महिलातर्फ ४९, मुस्लिम महिलातर्फ १७, आदिवासी÷जनजातीतर्फ १ हजार २१५, मधेशीतर्फ ९८६, दलिततर्फ ४०५, अपांगतर्फ २२५ र पिछडिएको क्षेत्रतर्फ १८० आरक्षण छुट्टाइएको छ ।

आवेदन दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको, शिक्षा विषयमा कम्तीमा १० महिने तालिम लिएको वा शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षामा २ सय पूर्णांकको शिक्षा विषय लिइ उत्तीर्ण गरेको तर अपांगता भएका व्ज्यक्तिले यो विज्ञापनका लागि तालिम नभए पनि उम्मेदवार हुन पाउने छन् ।

यसैगरी स्थायी अध्यापन अनुमति पत्र, नेपाल नागरिक भएको हुनुपर्नेछ ।

दरखास्त फारम बुझाउने अन्तिम मिति २०७५ साल असार ३० गतेसम्म १८ वर्ष उमेर पूरा भइ ४० वर्ष ननाघेको हुनुपर्नेछ । तर कार्यरत राहत शिक्षकका हकमा भने उमरको हद लाग्ने छैन् । कार्यरत स्थायी शिक्षकले समान पदमा उम्मेदवार हुन पाउने छैनन् ।

आयोगका अनुसार लिखित परीक्षा असोज १३ गते हुनेछ ।

tsc 2

tsc 1

primary khula bigyapan 2075 31065050176

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७