यसकारण चैतमा पनि नआउने भयो मेलम्ची


१२ कार्तिक २०७४, आईतवार
Melamchi project

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी ‘सीएमसी डी राभेन्नाँ’ ले काम नगर्दा समयमै पानी आउने अनिश्चितता बढेको छ । आयोजनाले आगामी चैतसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने जनाएको थियो । अाजकाे  अन्नपूर्ण पोस्टमा खबर छ  ।

Melamchi project

सुरुङ खनेपछि गर्नुपर्ने ‘कंक्रिटिङ’को काम बढाउन सीएमसीले अहिलेसम्म बेवास्ता गरेको छ । २७ किलोमिटरमध्ये १ हजार ४ सय मिटर मात्र सुरुङ खन्न बाँकी रहे पनि खनिएको सुरुङ ‘कंक्रिटिङ’को कामले गति लिन सकेको छैन ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियरराजेन्द्रप्रसाद पन्तले अहिलेसम्म डेढ किलोमिटर मात्र ‘कंक्रिटिङ’ भएको बताए ।

खनिएको सुरुङ ढलान गरेर अन्तिम रूप दिनुलाई ‘कंक्रिटिङ’ भनिन्छ । ठेकेदारले अहिले दैनिक मुस्किलले १० मिटर जति मात्र सुरुङ ‘कंक्रिटिङ’ गर्दै आएको छ । गत वर्ष उपकरण अभावमा समयमा ‘कंक्रिटिङ’ गर्न नसकिएको बताएपछि एसियाली विकास बैंक ९एडीबी०ले सीएमसीलाई उपकरण खरिद गर्न रकम उपलब्ध गराएको थियो ।

१५ कात्तिकपछि कामको गतिका आधारमा मात्र मेलम्चीको पानी काठमाडौंंमा कहिले आउँछ टुंगो लाग्ने उनले बताए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७