ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट


२०८१ जेठ ३२ शुक्रबार ०७:१८ बजे

काठमाडौं। ग्लोबल आइएमई बैंक र होटेल आइकावा इनबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई होटेल आइकावाका विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इनका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका हुन्।

समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका छुट दिने योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७