सरकार देश र जनताको पक्षमा छैन : कांग्रेस


२०८१ असार ६ बिहीबार ०६:०९ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका सांसद डा. प्रकाशशरण महतले अहिलेको सरकार देश र जनताको पक्षमा नरहेको बताएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आज दिएको जवाफले पनि सो कुरा प्रमाणित गर्ने बताए ।

उनले कार्यविधिमा तीन करोड भन्दा तलको आयोजना केन्द्र सरकारले नराख्ने भनेपछि किन राखिएको भन्दै प्रश्न गरे । यसले सरकार जनताप्रति जिम्मेवार नरहेको प्रमाणित हुने बताए । प्रधानमन्त्री दाहालले तीन करोड भन्दा तलका आयोजना प्रदेश र स्थानीय तहले गर्ने कुरा आजको मन्तव्यका क्रममा राखे पनि केन्द्रमा राखिसकेपछि कसरी प्रदेश र स्थानीय तहले काम गर्छन् र ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘देश जनताको पक्षमा यो सरकार छैन । यसले सक्दैन । आजै प्रधानमन्त्रीको जवाफ, उहाँले के भन्दै हुनुहुन्थ्यो भने तीन करोड भन्दा तलका आयोजनाहरु जुन कार्यविधिमा केन्द्रले नराख्ने भनिएको छ । केन्द्रमा राखिएको छ र त्यो प्रदेश र स्थानीयले गर्छ भन्नु भयो । एक करोडभन्दा तलका आयोजना मात्रै ५५ अर्बका छन् । तीन करोडभन्दा तलको खर्बौं नाघ्छ । त्यो सबै स्थानीय र प्रदेशले गर्ने हो भने केन्द्रमा किन राखेको रु यो सरकार जिम्मेवार छैन ।’ उनले नेपाली कांग्रेस बिना जिम्मेवारीपूर्ण ढंगबाट देशको विकास सम्भव नरहेको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७