काठमाडौंमा दिउँसै लाखौंको चोरी गर्ने पक्राउ


२०८१ असार ६ बिहीबार १७:५५ बजे

काठमाडौं । काठमाडौंका विभिन्न तीन दिउँसै लाखौंको चोरी गर्ने चार जना पक्राउ परेका छन् । प्रहरीले स्याङ्जा फेदीखोला–४ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका–७ स्थित बसुन्धरा नमुनाटोलमा डेरा गरी बस्ने पुष्पा भण्डारी उपाध्यायको कोठाबाट चोरी गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बैतडीका निराजन महरा, काभ्रेकी मोनिका लामा तथा भारत घर भएका सुजित कर र सेफअलि आलमलाई पक्राउ गरेको हो । उनीहरूले पुष्पाको घरबाट २५ लाख ४ हजार ९ सय रुपैयाँ बराबरको सुनका गरगहना तथा नगद चोरी गरेका थिए । त्यस्तै कलंकीका मनिष पौडेलको डेराबाट ल्याप्टप तथा महत्वपूर्ण कागजात समेत चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७