केजरीवाललाई अदालतले दियो जमानत, शुक्रबार जेलबाट छुट्ने सम्भावना


२०८१ असार ६ बिहीबार ०७:२५ बजे

काठमाडौं । दिल्ली सरकारको मदिरासम्बन्धी नीतिसँग जोडिएको भ्रष्टाचारको आरोपमा जेलमा रहेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले जमानत दिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार राउज एभिन्यु अदालतले बिहीबार (जुन २० मा) दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा हुन पाउने सुविधा दिएको हो । उनी शुक्रबार जेलबाट बाहिर आउन सक्ने छन् । उता ईडीले भने जमानतविरुद्ध अपिल गर्न ४८ घण्टाको समय मागेको छ । अदालतले भोलि न्यायाधीशसमक्ष यो बहस गर्न सकिने जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७