टुङ्गो लाग्यो राजदूत भागबण्डा : एमालेलाई आठ, रास्वपालाई दुई, माओवादीलाई एक


२०८१ असार ६ बिहीबार १६:५३ बजे

काठमाडौं । सत्ता साझेदार मुख्य तीन दलले राजदूतको भागबण्डा टुङ्ग्याएका छन् । आज (बिहीबार) सिंहदरबारमा दुई घण्टा बढी बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले रिक्त ११ देशको राजदूत भागबण्डा टुङ्गो लगाएको हो ।

मन्त्रिपरिषद बैठकको जेठ २४ को वैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो । तीन नेताबीचको आजको छलफलले एमालेले आठ देशको राजदूत पाउने समझदारी गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने भएको छ ।

राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरु फिर्ता नबोलाएकाले अहिले एक जना मात्र दिइएको स्रोत बताउँछ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान जाँदैछन्, त्यसअघि नै राजदूतको नाममा सहमति जुटाउन लागिएको स्रोतले जानकारी दिएको छ । रास्वपाले भारत, अमेरिकाका राजदूतमध्ये एक आफूलाई दिन माग गरे पनि प्रचण्ड र ओली तयार नभएको पनि स्रोतको भनाइ छ । भएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७