रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना


२०८१ असार ७ शुक्रबार ०३:३६ बजे

रसुवा । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो ।

चालु आवको साउनदेखि जेठ मसान्तसम्म रु ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको तथा रु एक अर्ब ८४ करोड ७६ लाख बराबरका सामग्री निर्यात भएको छ । राजस्व सङ्कलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको उनले बताए । जेठ मसान्तसम्ममा रु १९ अर्ब १७ करोड २१ लाख असुली भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७