गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइ आज


२०८१ असार ७ शुक्रबार ०५:२१ बजे

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको मुद्दाको सुनुवाइका लागि आज (शुक्रबार) पेशी तोकिँदै छ । गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिन लागेको हो ।

अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका उक्त मुद्दा यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो । सहकारी ठगी प्रकरणमा महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई ‘क्लिन चिट’ देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान, अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि उक्त माग बोकेर रिट निवेदन लिएर अधिवक्ता भट्टराई सर्वोच्च पुगेका थिए ।

शुरूमा उक्त रिट दरपिठ नभए पनि न्यायाधीश टेकनारायण ढुंगानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुनः दर्ता भएको थियो । सर्वोच्चले रिट खारेज वा अन्तरिम आदेश जारी गर्न सक्छ । रिट खारेज भएमा गृहमन्त्री लामिछानेले तत्कालका लागि सफाइ पाउँछन् । तर अन्तरिम आदेश जारी ग¥यो भने उनको मन्त्री पद धरापमा पर्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७