गाजामा हमासका वरिष्ठ कमाण्डर मारिएको इजरायली सेनाको पुष्टि


२०८१ असार ७ शुक्रबार ०६:५८ बजे

काठमाडौँ । इजरायली सेनाले बिहीबार उत्तरी गाजापट्टीको बेइट हानौन शहरमा भएको हवाई हमलामा हमासका एक कमाण्डर मारिएको पुष्टि गरेको छ । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बेइट हानौन क्षेत्रमा स्नाइपर अपरेसनको नेतृत्व गर्ने र इजरायली सेनाहरू विरुद्ध आतङ्कवादी कार्यमा भूमिका खेल्ने अहमद अल–सवारकालाई सैन्य विमानले मारेको बताए ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार आइडिएफ सेनाहरूले मध्य गाजापट्टी र दक्षिणी रफाह क्षेत्रमा काम गर्न जारी राखेका छन् । गाजाका स्वास्थ्य अधिकारीहरूले बिहीबारसम्म इजरायली सैन्य कारबाहीबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३७ हजार ४३१ पुगेको छ र ८५ हजार ६५३ घाइते भएको बताएका छन् । सिन्ह्वाबाट

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७