रास्वपाको चियापानमा प्रधानमन्त्री प्रचण्डसहित को–को नेता पुगे ? (तस्वीरहरु)


२०८१ असार ७ शुक्रबार ०५:५० बजे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान कार्यक्रममा सहभागी भएका छन् । उनी भर्खरै रास्वपा केन्द्रीय कार्यालय बसुन्धारा पुगेका हुन् ।

रास्वापले पार्टी स्थापना दिवसको दोस्रो वर्षको अवसरमा आज चियापान समारोह आयोजना गरेको हो । चियापानमा पूर्व प्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी भएका छन् ।

त्यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउत, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, विनोद चौधरीलगायत सहभागी भएका छन् । सहभागी नेताहरुले पार्टी कार्यालयमा रखिएको घण्टी बजाएर शुभकामना दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७