अर्मेनियाले पनि दियो प्यालेस्टाइनलाई राष्ट्रको मान्यता


२०८१ असार ७ शुक्रबार ०५:२८ बजे

काठमाडौं । अर्मेनियाले प्यालेस्टाइनलाई औपचारिक रूपमा राष्ट्रको मान्यता दिएको छ । अर्मेनियाली विदेश मन्त्रालयले प्यालेस्टाइन र इजरायललाई दुई राष्ट्रको अवधारणामा प्रतिवद्धता जनाउँदै प्यालेस्टाइन राष्ट्रको मान्यता दिइएको बताएको छ ।

अर्मेनियाले गाजामा जारी युद्ध अन्त्य गर्न पनि आह्वान गरेको छ । गाजाको अवस्था निकै नाजुक रहेको अर्मेनियाले जनाएको छ । हालै केही युरोपेली र क्यारेबियन मुलुकहरूले पनि प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएका थिए । प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने मुलुकहरूको संख्या १४० पुगेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७